नियम २४
नमूनाको लागि वितरण गरिएको वा बिना मूल्यमा प्राप्त वस्तुको विवरण
नियम २३ मा उल्लिखित अभिलेखहरूका अतिरिक्त दर्ता भएको व्यक्तिले कारोबारसँग सम्बन्धित देहायका विवरणहरू समेत राख्नु पर्नेछः–
(क) व्यवसाय प्रवद्र्धनको लागि नमूनाको रूपमा प्राप्त भएका तथा वितरण गरिएको वस्तुको विवरण ।
(ख) विनामूल्य प्राप्त भएका तथा वितरण गरिएका वस्तुको विवरण ।